काँग्रेसले बुझायो आधिकारिक दस्तखत

काँग्रेसले बुझायो आधिकारिक दस्तखत

  • बुधबार, चैत्र ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाडौँ, ३० चैत ।
नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयन गर्दा आवश्यक पर्ने दलको आधिकारिक दस्तखत आज निर्वाचन आयोगमा बुझाएको छ ।

दस्तखत बुझाएपछि पत्रकारसँग कुरा गर्दै रक्षामन्त्री एवम् काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले मेयर र उपमेयर पदको मनोनयन दर्तामा पार्टी सभापति शेरबहादुर देउवा र बाँकी पदको मनोनयन दर्ताका लागि पदाधिकारी र केन्द्रीय सदस्यले दस्तखत गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय समितिको निर्णयसहित दस्तखत बुझाउन मन्त्री खाँण, परराष्ट्रमन्त्री एवम् केन्द्रीय सदस्य डा प्रकाशशरण महत, केन्द्रीय सदस्य एनपी साउद, मुख्य सचिव कृष्णप्रसाद पौडेल आयोग पुग्नुभएको थियो ।

दलको आधिकारिक दस्तखत बुझाउने आज अन्तिम दिन अहिलेसम्म ६३ राजनीतिक दलले आधिकारिक दस्तखत आयोगमा बुझाएका छन् । स्थानीय तहको निर्वाचनका लागि वैशाख ३१ गते मनोनयन दर्ता गर्दा उम्मेदवार कुन दलको हो भन्ने छुट्याउन र दलको आधिकारिक उम्मेदवारको पहिचान गर्न सजिलो होस् भनेर आयोगले दलको आधिकारिक दस्तखत माग गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ