एजेन्सी,चैत ३० ।
युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज राति तीन खेल हुदै छ। आज राति हुने पहिलो खेलमा जर्मनीको बोरुसीया डर्टमण्ड र फ्रान्सको मोनाको विच प्रतिस्पर्धा हुने छ ।
आजै राति हुने दोस्रो खेलमा स्पेनको एथ्लेटिको मड्रिड र इंग्लण्डको लेष्टर सिटी तथा तेस्रो खेलमा जर्मनीको बायर्न म्युनिख र स्पेनको रियाल मड्रिड भिड्नेछन् ।
यसअघि गएराति भएको प्रतियोगिताकोे क्वाटरफाईनल पहिलो लेगको खेलमा युभेन्टसले बार्सिलोनालाई पराजित गरेको छ । इटालीयन क्लव युभेन्टसको मैदानमा भएको खेलमा बार्सिलोना ३–० ले पराजित भएको हो ।
खेलमा युभेन्टसलाई विजयी गराउन पाब्लो डिबालाले दुई तथा जर्जीनो चेलिनीले एक गोल गरे । जितसँगै युभेन्टसले सेमिफाइनलमा पुग्ने संभावना बलियो पारेको छ । पराजित टोली बार्सिलोनाको यात्रा भने संकटमा परेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline