डिपिएल लिग क्रिकेटमा आज पनि दुई खेल हुदै

डिपिएल लिग क्रिकेटमा आज पनि दुई खेल हुदै

  • बुधबार, चैत्र ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमान्डौ चैत्र ३० ।
धनगढीमा जारी धनगढी प्रिमियर लिग डिपिएल लिग क्रिकेटमा आज पनि दुई खेल हुदैछ । क्षेत्रीय प्रहरी कार्यालयको मैदान धनगढीमा आज हुने पहिलो खेलमा सीवाइसी अत्तरीया र रुपन्देही च्यालेन्जर्स विच प्रतिस्पर्धा हुने छ ।

अत्तरीया ज्ञानेन्द्र मल्लको कप्तानी मैदान उत्रदै छ भने रुपन्देही शक्ति गौचनको कप्तानीमा मैदान उत्रदैछ । आजै हुने दोस्रो खेलमा बसन्त रेग्मीको कप्तानीमा रहेको काठमान्डौ गोल्डेन्स र शरद भेषवाकरको कप्तानीमा रहेको विराटनगर किङ्स आमने सामने हुने छन् ।

यसअघि प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा विराटनगर किङ्स र काठमान्डौ गोल्डेन्स विजयी भएको छ । विराटनगर किङ्सले पारस खड्काको कप्तानी रहेको धनगढी टिमलाई २३ रनले पराजित गरेको हो ।

यस्तै हिजो नै भएको अर्काे खेलमा काठमान्डौ गोल्डेन्सले विनोद भण्डारीको कन्चनपूर आइकोनिकलाई २४ रनले पराजित गरेको हो । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले सात लाख नगद पुरस्कार हात पार्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी