काठमाण्डौ ,३० चैत ।
आन्दोलनरत मधेसी मोर्चाले आज सरकारले संसदमा पेश गरेको संबिधान संसोधनको नयाँ बिधेयकबारे आज आधिकारी धारणा तय गर्दै छ ।
विजुलीबजार स्थित तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रिय कार्यलयमा बस्ने बिहान ९ बजेपछि बस्ने बैठकले सरकारले मंगलबार संसदमा पेश गरेको ११ बुदे संसोधनका बिषयमा औपचारीक धारणा तय गर्न लागेको हो ।
बैठकमा सिमांकनको बिषय संघिय आयोगमार्फत टुङग्याउने भन्दै दर्ता गराएको संसोधनको नयाँ बिधेयक र मोर्चाको आगामि रणनीतिबारे छलफल गर्ने नेताहरुले जनाएका छन् ।
स्थानीय तहमा सहभागी हुन संबिधान संसोधन हुनुपर्ने अडान राख्दै आएको मधेशी मोर्चाले नयाँ संसोधन प्रस्ताव पारीत हुने ग्यारेन्टि गर्न सरकारसँग माग गर्ने तयारी गरेको छ ।
नयाँ संसोधन प्रस्ताव अपुरो रहेकालाई प्रस्ताव पारीत हुने सुनिश्चितता आफुहरुलाई चाहिएको सद्भावना पार्टीका महासचिव मनिष कुमार सुमनले बताउनु भयो ।
मोर्चालाई सहमतीमा ल्याउन संसोधन प्रस्ताव दर्ता गराएको बताएपनि मधेसी मोर्चा नै असन्तुष्ट देखिएको छ भने विपक्षी दल एमालेले संसद बैठक अबरुद्ध पार्ने सम्मको रणनिति तयार गर्दै छ ।