काँग्रेसले प्रदेश नं ४ स्तरीय निर्वाचन केन्द्रित सभा गर्ने

काँग्रेसले प्रदेश नं ४ स्तरीय निर्वाचन केन्द्रित सभा गर्ने

  • बुधबार, चैत्र ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

पोखरा, ३० चैत ।
नेपाली काँग्रेसले आज पोखरामा प्रदेश नं ४ स्तरीय निर्वाचन केन्द्रित सभा गर्ने भएको छ ।

नेपाली काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको आयोजनामा हुने सभालाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, समितिका संयोजक एवम् वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, युवा नेता गगन थापालगायतले सम्बोधन गर्नुहुनेछ ।

सभालाई भव्य र सभ्य बनाउन पार्टीका जिल्ला समितिअन्तर्गतका सबै समिति, भ्रातृ तथा शुभेच्छुक सङ्घलाई परिचालन गरिएको नेपाली काँग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले जानकारी दिनुभयो । यसअघि सभाको पूर्वसन्ध्यामा पोखरामा मोटरसाइकल ¥यालीसमेत आयोजना गरिएको थियो ।

काँग्रेसले विभिन्न प्रदेशमा सभा गर्ने क्रममा यसअघि धनगढी, तुलसीपुर, भैरहवामा सभा गरिसकेको छ भने बाँकी अन्य तीन प्रदेशमा पनि सभा गर्ने तय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ