विश्वकप २०२६ : संयुक्त आयोजनाका लागि फिफामा प्रस्ताव पेश

विश्वकप २०२६ : संयुक्त आयोजनाका लागि फिफामा प्रस्ताव पेश

  • मङ्लबार, चैत्र २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, चैत्र २९ ।
सन् २०२६ को विश्वकप फुटबल तीन देश अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त रूपमा आयोजनाका लागि विश्व फुटबलको प्रशाकीय निकाय फिफामा प्रस्ताव पेश गर्ने घोषणा गरेका छन् ।

विश्वकपमा सहभागी टिमको संख्या ३२ बाट बढाएर ४८ पुर्‍याउने तयारी भइरहेको छ । यो नियम सन् २०२६ कै विश्वकपबाट लागु हुनेछ । यस्तै प्रस्तावमा आयोजनाको जिम्मा पाएमा सन् २०२६ को विश्वकप तीन देशले संयुक्त रूपमा आयोजना गर्ने पहिलो विश्वकप हुनेछ ।

प्रस्तावअनुसार अमेरिकाले विश्वकपका ६० खेल तथा क्यानडा र मेक्सिकोले समान १० र १० खेल आयोजना गर्ने छन् । सन् २०२६ को विश्वकप आयोजनाको जिम्मा सम्बन्धी निर्णय सन् २०२० मा हुनेछ ।

सन् २०१८ र सन् २०२२ को विश्वकप कतारमा हुनेछ । अमेरिकाले यसअघि सन् १९९४ तथा मेक्सिकोले सन् १९७० र १९८६ मा विश्वकप आयोजना गरेको थियो । क्यानडाले सन् २०१५ मा महिला विश्वकप आयोजना गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी