१० हजार थान मतपेटिका लिन आज नेपाली टोली चीनको केरुङ प्रस्थान गर्दै

१० हजार थान मतपेटिका लिन आज नेपाली टोली चीनको केरुङ प्रस्थान गर्दै

  • मङ्लबार, चैत्र २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

रसुवा, चैत २९ ।
११ दिनदेखि चीनको केरूङमा रोकिएको १० हजार थान मतपेटिका लिन नेपाली टोली आज त्यसतर्फ जाँदै छ ।

रसुवागढि भन्सार कार्यालयका अनुसार चीनको ठोङ्सामा झरेको पहिरो पन्छाउने कार्य सकिएकाले मतपेटिका लिनका लागि व्यवसायी आज केरूङ जान लागेका हुन् ।

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको चुनावको लागि चीनबाट ल्याइँदै गरेको १० हजार थान मतपेटिका चीनको केरूङ स्थित ठोङ्सामा झरेको पहिरोको कारण सडक अवरुद्ध भएपछि केरूङमा नै राखिएको थियो ।

भन्सार प्रमुख केदार पनेरुका अनुसार व्यवसायी आज गएर लोड गर्नुपर्ने र चिनियाँ भन्सारमा जाँचपास गर्न समय लाग्ने भएकाले मतपेटिका भोली आइपुग्ने सम्भावना रहेको छ ।
चुनावका लागि चीनबाट ल्याउन लागिएका ३० हजार थान मतपेटिका मध्ये पहिलो चरणमा १० हजार थान मतपेटिका ल्याउन लागिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ