निर्वाचनमा सुदृढ सुरक्षा व्यवस्था मिलाउन निर्देशन

निर्वाचनमा सुदृढ सुरक्षा व्यवस्था मिलाउन निर्देशन

  • मङ्लबार, चैत्र २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षाको सुदृढ एवम् भरपर्दो व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभएको छ ।

आफूलाई भेट्न प्रधानमन्त्री निवास आउनुभएका प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई शान्ति सुव्यवस्था कायम गर्न प्रहरी सङ्गठनलाई अझ चनाखो भई लाग्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

स्थानीय तह निर्वाचन घोषणा भइसकेकाले त्यसमा केन्द्रित रहेर शान्ति सुरक्षा कायम गर्दै मौजुदा ऐन कानुनले सुम्पेको जिम्मेवारी इमानदार एवम् निष्पक्षताका साथ निर्वाह गर्न प्रधानमन्त्रीले प्रहरी प्रमुखलाई निर्देशन दिनुभयो । सरकारले सोमबार साँझ उहाँलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ