महानिरीक्षकमा नियुक्त प्रकाश अर्यालले समाले कार्यभार, सिलवाल फेरि अदालत जाने संकेत

महानिरीक्षकमा नियुक्त प्रकाश अर्यालले समाले कार्यभार, सिलवाल फेरि अदालत जाने संकेत

  • मङ्लबार, चैत्र २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाणडाै , २९ चैत ।

प्रहरी महानिरीक्षकमा नियुक्त भएका प्रकाश अर्यालले कार्यभार समालेका छन् । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको नियुक्त गरेको थियो ।

गृहसचिव लोकदर्शन रेग्मीले अर्याललाई सोमबार राति नै गृह मन्त्रालयमा दर्ज्यानी चिह्न प्रदान गरे लगत्तै अर्याल प्रहरी प्रधान कार्यालय पुगेर कार्यभार सम्हालेका थिए ।

गृहसचिव लोकदर्शन रेग्मीले राति नै मन्त्रालयका अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहितका उच्च अधिकारीहरूलाई बोलाएर अर्याललाई महानिरीक्षकको दज्र्यानी चिह्न लगाइदिएका थिए ।

त्यसपछि अर्याल राति नै प्रहरी प्रधान कार्यालय गएर पदबहाली गरेका थिए । उक्त अवसरमा प्रहरीका उच्च अधिकारीको पनि उपस्थिति थियो ।

निर्णयमा विभागीय मन्त्री विमलेन्द्र निधि भने अनुपस्थित थिए । निधिले वरियता विवादका कारण बैठक बहिस्कार गरेका थिए ।

यसअघि सरकारले गत फागुन १ मा डीआईजी जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्त गरेकामा तीन साताअघि सर्वोच्च अदालतले उक्त निर्णय उल्ट्याइदिएको थियो । सर्वोच्चले कार्यसम्पादन मूल्यांकन ख्याल नगरी मन्त्रिपरिषद्ले महानिरीक्षक नियुक्ति गर्नु विधिसम्मत नभएको भन्दै कार्यसम्पादनका आधारमा पुन: नियुक्ति गर्न चैत ८ गते आदेश दिएको थियो ।

अर्यालले कार्यभार समालिरहेका बेला अाफूलाई पहिलो नम्बरको दाबी गरिरहेका डीअाईजी नवराल सिलवालले भने सरकारले कार्यसम्पादन मूल्यांकनको नाममा झेल गरेको बताउँदै थिए । उनले सर्वोच्चले अाफूलाई नियुक्त गर्नु भन्ने अाशयको फैसला गरेको तर सरकारले अन्याय गरेको भन्दै न्यायका लागि अदालत जाने बताए । कार्यसम्पादन मूल्यांकनको फाइलमै दुई नम्बर घटाएर आफूलाई पछि पारिएको उनको दाबी छ ।

अर्याललाई दर्ज्यानी प्रदान गर्न गृहमन्त्रालयमा अायोजित कार्यक्रममा सिलवाल र यसअघि नियुक्त पाएर पनि सर्वोच्चको निर्णयका कारण अाइजीपी हुन नपाएका जयबहादुर चन्द उपस्थित थिएनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ