निर्वाचन तयारीका लागि प्रशिक्षण सुरु

निर्वाचन तयारीका लागि प्रशिक्षण सुरु

  • सोमवार, चैत्र २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

धनगढी, चैत्र २८ ।
आगामी निर्वाचनको तयारीको क्रममा निर्वाचन आयोगले आज निर्वाचन सञ्चालन तथा व्यवस्थापन विषयक क्षेत्रीय प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ ।

आयोगका आयुक्त ईला शर्माले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै आगामी चुनावमा आम नागरिकलाई निष्पक्षताको आभाष हुने गरी कार्य सम्पादन गर्न सहभागीलाई निर्देशन दिएकी थिइन् ।

उनले विगतका निर्वाचनभन्दा केही फरक ढङ्गको र नयाँ संरचनामा आगामी निर्वाचन हुन लागेकाले यो निर्वाचनलाई स्वच्छ, धाँधलीरहित, निष्पक्ष, स्वतन्त्ररूपमा सम्पन्न गराउन सबैले आफ्नो जिम्मेवारी र दायित्व सम्झेर काम सम्पन्न गर्नुपर्ने बताइन् ।

कार्यक्रममा जिल्ला न्यायाधीश कुलप्रसाद शर्मा, कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, आयोगका सहसचिव दिनेशकुमार घिमिरेलगायतले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष धाँधलीरहित वातावरणमा सम्पन्न गर्न सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिए ।

दुईदिने प्रशिक्षक प्रशिक्षणमा डोटी, अछाम, दार्चुला, डडेलधुरा, बाजुरा र बर्दिया जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सहभागी रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ