शरहदेखि गाँउ सम्म टोल टोलमा पुगे कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता

शरहदेखि गाँउ सम्म टोल टोलमा पुगे कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता

ललितपुरबासी भन्छन् : हामि भोट हाल्दैनौ

  • आइतवार, चैत्र २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौ २७ चैत।

नेपाल कम्युनिष्ट पार्टीले मुलुकभर एकैसाथ सुरु गरेको एकीकृत जनजागरण तथा प्रतिरोध अभियानलाई तिब्राता दिएको छ ।

गत चैत २४ गतेदेखि काठमाण्डौ उपत्यका सहित देशभरका प्रत्येक जिल्लामा सुरु गरेको अभियान अन्तरगत स्थानिय निर्वाचन खारेजी अभियानलाई तिब्र बनाईएको पार्टी प्रवत्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

अभियान अन्तरगत कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले चुनाव खारेजीबारे जनतालाई सुसुचित गराउनुका साथै वाल पेन्टिङ , पर्चा वितरण , पोस्टरीङ लगायतका काम गरेरहेका छन् ।

कम्युनिष्ट पार्टीले आफ्नो अभियानलाई गाँउ देखि शहर केन्द्रित बनाउदै लगेको छ । अभियानलाई सफल बनाउन पार्टीका केन्द्रिय तथा जिल्ला स्तरका सबै नेता तथा कार्यकर्ताहरु गाँउ तथा टोल टोल पुगेका छन् ।

अभियान अन्तरगत आज तेस्रो दिन पनि कम्युनिष्ट पार्टीले घरघरमा पुगेर जनतालाई स्थानिय निकायको चुनावमा सहभागी नहुन अपिल गरिरहेका छन् ।

यस्तै आफ्नो अभियानका बारेमा जानकारी गराउदै संसदीय व्यावस्था र चुनाव खारेज गर्नुपर्ने कारणबारे अन्तरक्रिया तथा छलफल चलाईरहेको सो पार्टीले छ ।

यता अभियान अन्तरगत आज ललितपुर क्षेत्रमा पनि जनतासँग छलफल , वाल पेन्टिङ र सभा को आयोजना गरिएको छ । सो क्षेत्रको अभियानलाई पनि गाउबाट शहर केन्द्रित बनाईएको जानकारी दिदै कम्युनिष्ट पार्टीका ललितपुर ईन्चार्ज नविन बिश्वकर्मा (हितमान)ले ढुङगिनबाट २४ गते सुरु भएको अभियान लामाटार , लुभु , आरुघाट हुदै सानोगाँउ पुगेको बताउनु भयो ।

 

ललितपुरमा भित्तेलेखनमा ब्यस्त कम्युनिष्ट पार्टीका कार्यकर्ता ।

उहाँका अनुसार जनतासँग घर घरमा नै पुगेर संसदीय व्यावस्था खारेज गरौ र वैज्ञानीक समाजवाद लागु गर्न फेरी एकपटक पहल गरौ भन्ने अपिल गर्नुका साथै जनताको राय सुझाव संकलन गर्ने कार्य पनि भईरहेको छ ।

यस्तै ललितपुर जिल्ला कमिटिले लुभु र आरुबोटका जनतासँगको छलफल पछि लुभुका कोणसभापनि आयोजना गरेको थियो । सो क्रममा बोल्दै ईन्चार्ज हितमानले जनताको घरघरमा पुगेर आफुहरुले चुनाव बहिस्कारको अपिल गर्दा जनताले पनि अहिलेसम्म दिएको भोटको अपमुल्यन गरिएकाले यसपटक मतदान बहिस्कार गर्ने जनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो , हामि संसदीय दलका नेताहरु भोट माग्न जानु अघि नै खारेजि अभियानमा लागेका छौ , जनताले पनि हामिलाई साथ दिएका छन् । असफल भईसकेको संसदीय व्यावस्थामा रहेर गरिएको यो चुनावले जनताको हित गर्न सक्दैन यसलाई खारेज गर्नुर्छ ।

त्यस्तै उहाँले यो चुनावले भ्रस्टाचार,लुटपाट,अत्याचार, महङ्गीलाई अझ बढाउने समेत ठोकुवा गर्नुभयो ।

सो क्षेत्रमा पनि वाल पेन्टिङ , पर्चा वितरण , पोस्टरीङ लगायतका काम पनि तिब्र रुपमा भईरहेको उहाँले बताउनु भयो ।

सभामा सहभागीले संसदीय दलहरुका बीच आ आफ्नो स्वार्थका लागि उनीहरु आफ्नै पार्टी पार्टी भित्र अन्तरबिरोध रहेको भन्दै आफ्नो स्वार्थका लागि आफै लड्नेहरुले जनताको भलो नगर्ने बताएका छन् ।

यस्तै अभियानकै क्रममा कम्युनिष्ट पार्टीले मुलुकभर आफ्नो संगठन निर्माण एवम् बिस्तार गर्ने कार्य पनि तिब्र रुपमा भईरहेको जनाएको छ ।

यसरी चल्दै ललितपुरमा चुनाव खारेजी अभियान (फोटोमा ) 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ