काठमाडौ २७ चैत्र ।
एट्लानिटक स्पोटर््स् मयानेजमेन्टको अयोजनामा एसि मिलान जुनियर फुटबल क्याम्प आजदेखि ललितपूरको सातदोबाटोमा सुरु हुदैछ ।
सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने क्याम्पका लागि एसि मिलानका पाँच इटालियन प्रशिक्षक नेपाल आइसकेका छन् । ड्यानियल पाक्काग्वानको नेतृत्वमा आएको टोलीले क्याम्पमा प्रशिक्षण दिने जनाइएको छ ।
क्याम्पमा उपत्यका बाहिरका सात खेलाडिसहित १ सय २५ जनाको सहभागिता रहने आयोजकले जनाएको छ । क्याम्पमा जुनियर खेलाडीलाई एसी मिलानले उपलब्ध गराएको सामग्री प्रदान गरिनेछ ।
क्याम्पमा उत्कृष्ट प्रदर्शन गर्ने पाँच खेलाडीले इटालीमा अर्को वर्ष आयोजना हुने फुटबल फेष्टिबलमा सहभागी हुने अवसर पाउने बताइएको छ ।
नेपालअघि २२ राष्ट्रमा क्याम्प सन्चालन गरिसकेको एसी मिलानले नेपालसहित ती सबै देशका उत्कृष्ट खेलाडीलाई उक्र फेष्टिबलमा सहभागी गराउने तयारी गरेको छ ।