कांग्रेसको चुनावी सभा आज धनगढीबाट सुरु हुदै

कांग्रेसको चुनावी सभा आज धनगढीबाट सुरु हुदै

  • आइतवार, चैत्र २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ २७ चैत्र ।
सत्ता साझेदार दल नेपाली कांग्रेसले आजदेखि धनगढीबाट चुनावी अभियान सुरु गर्दैछ । आगामी वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी अभियान सन्चालन गर्न लागेको कांग्रेसले जनाएको छ ।

धनगढीमा आज दिउँसो हुने चुनावी सभालाई पार्टी सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

चुनावी प्रचार प्रसार अन्तरगत प्रदेश नम्बर सातमा हुन लागेको सभाका लागि सभापति देउवा हिजै धनगढी पुगसकेको छ भने अन्य नेताहरुपनि पुग्ने क्रममा रहेको बताइएको छ ।

चुनावी अभियानकै क्रममा कांग्रेसले भोली प्रदेश नम्बर ५ को तुलसीपूर दाङमा तथा पर्सी मंगलबार रुपन्देहीमा सभा गर्ने जनाएको छ । यही चैत्र ३० गते प्रदेश नम्बर ४ अन्तरगत पोखरामा हुने सभापछि मात्र सभापति देउवा काठमाडौ फर्किने तयारी छ ।

यसैगरी प्रदेश नम्बर २ अन्तरगत जनकपूरमा चैत्र ३१ गते र प्रदेश नम्बर १ को झापामा वैशाख २ गते सभा गर्ने कांग्रेसको तयारी छ । प्रदेश नम्बर ३ र ६ को सभाका लागि भने समय र स्थान तय भइसकेको छैन ।

प्रदेश स्तरीय आमसभा सके लगत्तै कांग्रेसले सात सय ४४ वटै स्थानीय तहमा केन्द्रीय नेताको उपस्थितिमा चुनावी सभा गर्ने तयारी गरेको सो पार्टीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ