मन्त्रीपरिषद बैठक आज बस्दै

मन्त्रीपरिषद बैठक आज बस्दै

  • आइतवार, चैत्र २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ ,२७ चैत्र ।
असन्तुष्ट मधेशी मोर्चाको मागलाई सम्बोधन गर्नका लागि सरकारले संसदमा पेश गर्ने भनिएको नयाँ संशोधन विधेयकलाई अन्तिम रुप दिन मन्त्री परिषदको बैठक आज बस्दैछ ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यलयमा आज बस्ने बैठकले सिमांकनको विषयलाई हटाएर स्थानीय सरकार प्रमुखको अधिकार कटौती गर्दै तयार पारेको विधेयकलाई स्वीकृत गर्ने तयारी भएको बताइएको छ ।

मन्त्री परिषदबाट विधयेक स्वीकृत भएपछि आजै विधेयक संसदमा दर्ता गदै प्रक्रिया अघि बढाउने तयारी भएको कानुनमन्त्री अजय शंकर नायकले जानकारी दिनुभयो । नयाँ संशोधन प्रस्ताव तयार पार्नका लागि कानुनमन्त्री नायकलाई जिम्मा दिइएको थियो ।

आजको बैठकबाट संसदमा यसअघि दर्ता भएको संशोधन विधेयकलाई फिर्ता लिने निर्णयसँगै नयाँ संशोधन विधेयक अनुमोदन गरेर दर्ता प्रक्रिया अघि बढाउने सम्बन्धमा निर्णय हुने जनाइएको छ ।

सरकारले यसअघि संसदमा दर्ता गरेको संशोधन विधेयकमा उल्लेख गरिएको सीमांकनको विषय हटाएर थप दुई विषय समेट्दै नयाँ संशोधन विधेयक तयार पारेको छ ।

सरकारले तयार पारेको नयाँ संशोधन विधेयकमा सीमांकनको विषयलाई हटाउदै संविधानको धारा २७४ परिमार्जन र स्थानीय तह प्रमुख र उपप्रमुखले पाएको माथिल्लो हाउसको मतअधिकार कटौती गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ