झापा ११ ले जित्यो तेस्रो माइभ्याली गोल्डकपको उपाधि

झापा ११ ले जित्यो तेस्रो माइभ्याली गोल्डकपको उपाधि

  • शनिबार, चैत्र २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

इलाम, चैत २६ ।
साबिक विजेता झापा ११ ले तेस्रो माइभ्याली गोल्डकपको उपाधि जितेको छ ।

आज भएको फाइनल खेलमा झापा ११ ले आर्मीलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

प्रतियोगितामा दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा पनि गोल नभएपछि खेल ट्राइब्रेकरतर्फ धकेलिएको थियो ।
झापा ११ लाई जिताउन टाइब्रेकरमा रजिन धिमाल, रञ्जित श्रेष्ठ, बुद्धराज चेम्जोङ्ग र कर्ण लिम्बुले गोल गरेका थिए । आर्मीका तर्फबाट सन्तोष तामाङ्ग र जर्स प्रिन्स कार्कीले गोल गरेका थिए ।

प्रतियोगिताको म्यान अफ दि म्याच र वेष्ट मिडफिल्डर आर्मीका सन्तोष तामाङ्ग भएका छन् । उनीहरुले जनही नगद १४ हजार प्राप्त गरेका छन् ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडीको पुरस्कार आर्मीका खेलाडी विवेक बस्नेतले एक सय ५० सिसीको यामाहा मोटरसाइकल प्राप्त गरेका छन् भने उत्कृष्ट गोलकर्तामा पुलिसका खेलाडी अभिषेक रिजालले नगद २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
यस्तै वेष्ट गोलकिप्पर झापाका किशोर गिरी, वेष्ट डिफेण्डर झापाका दिलेन लोत्ताम, वेष्ट फरवर्ड आर्मीका टंक बस्नेत, राइजिङ्ग प्लेयर माइभ्यालीका अभिनाष लिम्बु र वेष्ट कोच झापा ११ का सञ्जय राई घोषित भएका छन् । उनीहरुले नगद सात सात हजार रुपैयाँ प्राप्त गरेका छन् ।
माइभ्याली फुटबल क्लव र जिल्ला फुटबल संघ इलामको संयुक्त आयोजनामा भएको यस प्रतियोगितामा बिजेता टिम झापा ११ ले नगद चारलाख सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता आर्मीले भने नगद दुई लाख ५० हजार रुपैंयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी