सिराहा, चैत्र २६ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरूलाई सिरहाको लहानमा प्रदशर्न गर्ने क्रममा प्रहरीले आज पक्राउ गरेको छ ।
एमालेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई प्रभावित पार्ने उद्देश्यले प्रदर्शनमा उत्रिएका करिब १५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । प्रदर्शनकारीहरूले भेलामा सहभागी हुन आएकालाई अवरोध गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
पक्राउ परेकाहरूलाई रिहाईको माग गर्दै पूर्वपश्चिम सडकमा टायर बालेर प्रदर्शन गर्नेहरूलाई समेत प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रदर्शनका कारण करिब दुई घण्टा पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline