माई भ्याली गोल्डकपको उपाधि भिडन्त आज ,झापा र आर्मी भिड्दै

माई भ्याली गोल्डकपको उपाधि भिडन्त आज ,झापा र आर्मी भिड्दै

  • शनिबार, चैत्र २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

इलाम २६ चैत्र ।
इलाममा जारी माई भ्याली अन्तर्राष्टिय आमन्त्रण गोल्डकपको उपाधि भिडन्त आज हुदै छ ।
इलामको ठूलो टुँडिखेलमा दिउँसो हुने खेलमा विभागिय टोली नेपाल आर्मी र डिफेन्डिङ च्याम्पियन झापा ११ बीच प्रतिस्पर्धा गर्नेछन् ।
दुवै टोली प्रतियोगिताको दोस्रो उपाधि जित्ने दाउमा हुनेछ । यसअघि भएका दुई संस्करण अन्तरगत आर्मीले पहिलो संस्कारण र झापाले दोस्रो संस्कारणको उपाधि जितेका छन् ।
आर्मीले पहिलो सेमिफाइनलमा अर्को विभागिय टोली पुलिसलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने एपिएफविरुद्ध कठिन जीत निकाल्दै झापाले आर्मीसँगको भेट पक्का गरेको हो ।
अहिलेसम्मको भेटमा झापालाई पटक पटक पराजित गरेको आर्मी फाइनल भिडन्तमा पनि जित्ने उच्च मनोबलका साथ मैदान उत्रने प्रशिक्षक नविन न्यौपानेले बताएका छन् ।
आजको खेलमा जीत हात पार्दै आर्मी सिजनको चौथो उपाधि हात पार्ने दाउमा हुनेछ । आर्मीले यसअघि विकास रनिङ शिल्ड, विराट गोल्डकप र नेपाल कपको उपाधि जितिसकेको छ ।
झापाले यसअघि काँकरभिट्टा गोल्डकपको उपाधि जितेको छ । प्रतियोगितामा दुई विदेशी टीम सहित १० टोली सहभागिता जनाएका थिए ।
प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ नगद हात पार्नेछन् भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी