ओलीलाई प्रचण्डको प्रस्ताव : सहमतीमा आउनुस् ,संसोधन प्रस्ताव फिर्ता लिन्छु

ओलीलाई प्रचण्डको प्रस्ताव : सहमतीमा आउनुस् ,संसोधन प्रस्ताव फिर्ता लिन्छु

  • शनिबार, चैत्र २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ ,२६ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयकमा उल्लेखित पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरसम्बन्धी प्रस्ताव फिर्ता लिने तर एमालेले अर्को संशोधन विधेयक लैजान सहमति दिनुपर्ने प्रस्ताव राख्नुभएको छ ।

शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष वामदेव गौतमसँगको भेटमा दाहालले संविधान संशोधनको सहमति माग्नुभएको हो ।
उहाँले संविधान संशोधन विधेयक फिर्ता लिनुपर्ने एमालेको माग ‘सम्बोधन गर्न लागेको’ जानकारी गराउदै एमालेको समेत सहमतीमा अर्को संशोधन विधेयक लैजान सहमति दिन आग्रह गर्नुभयो ।
एमालेले संविधान संशोधन विधेयक फिर्ता लिनुपर्ने माग गर्दै आएकोले त्यसलाई पनि विचार गर्दै अब अर्को विधेयक लैजान खोजिएको हो, जसमा ५ नम्बर प्रदेशको सीमांकन सम्बन्धी प्रस्ताव हुने छैन,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘अब सहमतिमा आउनुर्पयो ।

एमालेको समर्थन आए मोर्चालाई चुनावमा जसरी पनि लैजाने वातावरण सहमतिको प्रस्ताव तयार पारेर मधेसी मोर्चासँग तुरुन्तै वार्ता गर्ने प्रधानमन्त्री दाहालको भनाई छ ।
जवाफमा अध्यक्ष ओलीले नयाँ विधेयक लैजादा मोर्चा स्थानीय चुनावमा आउछ भन्ने ग्यारेन्टी सरकारले लिने हो भने एमालेले विचार गर्न सक्ने जवाफ दिनुभएको स्रोतले बताएको छ ।
उहाँले मोर्चा नेतृत्वको विश्वास नै नभएको टिप्पणी गर्दै संविधान संशोधनको ‘कन्टेन्ट’ एकपल्ट हेर्नुपर्ने पनि बताउनु भयो । ‘मोर्चा नयाँ नयाँ शर्त थपेर चुनाव गर्न नदिनेमा लागेको छ, सरकारले त्यसलाई कसरी बुझिरहेको छ ?’ ओलीलाई उद्धृत गर्दै बेठक स्रोतले भन्यो, ‘अब कुनै पनि बहानामा चुनाव रोक्नु हुदैन ।’
सो बैठकमा सहभागी माओवदी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले नेतृत्वसँग स्थानीय चुनाव गर्नेबारे खुलेर संवाद भएको जानकारी दिदै मोर्चा नेतृत्वसित अनौपचारिक कुराकानी अझै जारी रहेकाले छिटै निर्णायक वार्ता हुने दाबी गर्नुभयो ।
यसअघि प्रधानमन्त्री दाहालले बिहीबारको माओवादी हेडक्वार्टर बैठकमा स्थानीय चुनावको एजेन्डाबाट सरकार पछि नहट्ने भन्दै सकेसम्म निर्धा्रित वैशाख ३१ मै चुनाव गराउनेगरी सहमति जुटाउन आफू प्रतिपक्षी एमाले र मधेसी मोर्चा्सित छलफलमा अग्रसर रहेको बताउनु भएको छ ।

उहाँले मोर्चा शीर्ष नेतालाई तुरुन्तै काठमाडौं आउन आग्रह गरे पनि निर्णायक वार्ता हुने पक्का भएपछि मात्रै काठमाडौं फर्कने जवाफ तमलोपा अध्यक्ष महन्थ ठाकुरले दिनुभएके छ ।
संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव भने काठमाडौं आइसक्नुभएके छ ।
मोर्चा स्रोतका अनुसार सीमांकनसम्बन्धी शक्तिशाली अख्तियारीसहितको संघीय आयोग बनाउने, मधेसमा जनसंख्याको आधारमा स्थानीय तह थप्ने, संविधानको धारा २७४ का उपधारा ४, ५, ६ र ७ संशोधनबारे सत्ता घटकको स्पष्ट प्रतिबद्धता र तयारी भएपछि मात्रै निर्णायक वार्ता हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ