विराटनगर ,२५ चैत ।
गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचनमा भूमिगत समूह, विखण्डनकारी, र अपराधीक तीन गतिविधिलाई नियन्त्रण गर्नु प्रमुख चुनौति रहेको बताउनु भएको छ ।
पूर्वाञ्चलको क्षेत्रीय सुरक्षा बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले यीनै तीन वटा सुरक्षा खतरालाई नियन्त्रण गर्न सकिए सफलतापूर्व निार्वाचन सम्पन्न हुने बताउनु भयो ।
उहाँले यस्ता गतिविधिका विरुद्ध कडाइका साथ पेश हुने सुरक्षा निकायलाई निर्देशन पनि दिनुभयो ।
निर्वाचनको विपक्षमा रहेका राजनीतिक दलहरुसँग सम्वादको वातावरण बनाउने र त्यसै अनुसार प्रस्तुत हुनु पर्ने गृहमन्त्री निधीको भनाई छ ।
उहाँले निर्वाचनमा भाग नलिने अडान राख्दै आएको मधेसी मोर्चासँग राजनीतिक रुपमा केन्द्रमा कुरा भैरहेको र समाधान निस्कनेमा आँफु विश्वस्त रहेको बताउनु भयो ।
दुई चरणमा निर्वाचन गराउँदा मधेसी मोर्चाले भाग लिने सहमती गरे त्यसमा पनि सोच्न सकिने उहाँको भनाई छ ।
मतदाता, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी र साधारण जनताको सुरक्षाको विषयमा सरकार गम्भिर रहेको मन्त्री निधीको धारणा थियो ।
उपप्रधानमन्त्रीको वरियताको विवादबारे उहाँले त्यसको टुंगो प्रधानमन्त्री र पार्टी सभापतिले तय गर्ने भएको बताउनु भयो ।