भारत , २५ चैत ।
इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आज राति गुजरात लायन्स र कोलकाता नाइट राइडर्स भिड्दैछन् ।
यी दुई टोलीबीचको खेल नेपाली समयानुसार राति सवा ८ बजेदेखि राजकोटमा हुने छ । आज गुजरातको नेतृत्व सुरेश रैनाले सम्हाल्नेछन् भने कोलकाताको नेतृत्व गौतम गम्भीरले गर्नेछन् ।
दुबै टिमको जारी आइपीएल दशौं संस्करणको पहिलो भिडन्त हो । दुबै टिममा राम्रा खेलाडीहरुको अभावले समस्या भएको आँकलन गरिएको छ ।
बुधबारदेखि सुरु भएको दशौं संस्करणमा साविक विजेता सनराइजर्स हैदराबाद र राइजिङ पुने सुपरजाइन्टले विजयी सुरुआत गर्दा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इन्डियन्स पराजित भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline