दौड प्रतियोगितामा बोहरा विजयी

दौड प्रतियोगितामा बोहरा विजयी

  • शुक्रबार, चैत्र २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

नेपालगन्ज, २५ चैत ।
नेपालगन्जमा भएको १५ किमी साइकल दौड प्रतियोगितामा प्रकाश बोहरा प्रथम भएका छन् ।

यस्तै गोविन्दप्रसाद रिजाल र गगनसिंह थापा क्रमशः दोस्रो र तेस्रो हुन सफल भए ।

विजेतालाई नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, सदस्य–सचिव विजेन्द्रदेव गिरी र अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक महेशविक्रम शाहले माउन्टेन बाइक पुरस्कार प्रदान गरेका थिए ।

आजदेखि सुरु भएको सप्ताहव्यापी नेपालगन्ज महोत्सवको अवसरमा दौड प्रतियोगिताको आयोजना गरिएको हो ।

यही चैत ३१ गतेसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत साहित्य सम्मेलन, डकुमेन्ट्री फिल्म प्रदर्शन, चित्रकला प्रदर्शनी, संस्कृति, खेलकुद तथा पर्यटनसँग सम्बन्धित कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी