मुलुकभर एकैपटक निर्वाचन गर्नुपनमा काग्रेस सांसदको जोड

मुलुकभर एकैपटक निर्वाचन गर्नुपनमा काग्रेस सांसदको जोड

  • शुक्रबार, चैत्र २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, २५ चैत ।
नेपाली काँग्रेसका सांसदहरुले स्थानीय तहको निर्वाचन मुलुकभर एकै मितिमा गर्नुपर्नेमा जोड दिएका छन् ।

मधेसी मोर्चालाई मनाउन भन्दै सरकारले दुई चरणमा निर्वाचन गर्ने बताईरहेका बेला काग्रेसका सांसदहरुले भने तोकिएकै मितिमा एकै चरणमा मुलुकभर निर्वाचन गर्नुपर्नेमा जोड दिएका हुन् ।

काँग्रेस संसदीय दल तथा पार्टीका केन्द्रीय समितिको संयुक्त बैठकमा बोल्दै सांसदहरुले दुई चरणमा निर्वाचन गर्दा जनतामा नराम्रो सन्देश जाने भन्दै आगामि बैशाख ३१ गते तय भएको निर्वाचनमा तराई मधेका जिल्ला लाई पनि समावेश गर्नुपर्ने बताएका छन् ।

जनसङख्याका आधारमा मधेशमा स्थानिय तहको सङख्या बढाउन माग गर्दै मधेसी मोर्चाले निर्वाचन सार्नुपर्ने माग गरेपछि सरकार थप संकटमा परेको छ ।

काग्रेस सांसद रामकृष्ण यादवले अधिकतम सहमतीका आधारमा बैशाख ३१ भित्र निर्वाचन गर्ने गरी मधेस केन्द्रीत दललाई सहमतीमा ल्याउनुपर्ने बताउनु भयो ।

यदि सहमती नभए एक हप्ता मिति सारेर भएपनि मुलुकभर एकैपटक निर्वाचन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

आजको बैठकमा बोल्ने अधिकाशं सांसदहरुले मोर्चाको माग संबोधनमा गम्भिर भई संबिधान संसोधन निश्र्कामा पुर्याउन नेतृत्वलाई सुझाव दिएका छन् ।

उनीहरुले स्थानीय तहको घोषणा पत्र पनि बिभिन्न भाषामा तयार गर्नुपर्ने बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ