मधेस समस्या समाधानका लागी सरकारबाट ठोस निर्णय आउनुपर्छ : यादव

मधेस समस्या समाधानका लागी सरकारबाट ठोस निर्णय आउनुपर्छ : यादव

  • बिहिबार, चैत्र २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ, २४ चैत ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मधेसमा उठ्दै आएको समस्याबारे यथाशक्य छिटो ठोस निर्णयमा पुग्न सरकारलाई सुझाव दिनुभएको छ ।

निर्वाचन आयोगद्वारा आज ललितपुरको गोदावारीमा आयोजित निर्वाचन व्यवस्थापन प्रशिक्षण कार्यक्रममा उहाले आज बेलुकासम्म नेपाल सरकारबाट ठोस निर्णय आउन नसके आयोगलाई अठ्यारो पर्ने बताउनु भयो ।

धेरै मतदाता भएका मधेसका जिल्लाको मतपत्र र मतदाता परिचयपत्र छाप्नुपर्ने समय भइसकेकाले त्यसअघि नै सरकारबाट ठोस निर्णय हुन पर्ने बताउनु भयो । सरकारबाट समयमै निर्णय हुन नसके आयोगले दृढतापूर्वक सबै क्षेत्रको मतपत्र छपाइ गरेर निर्वाचनको तयारीमा जुट्ने बताउनु भयो ।

नेपाल सरकारबाट निर्वाचनमा खटिएर जाने कर्मचारीलाई काम गर्ने अनुकूल वातावरण र सुरक्षाको पूर्ण प्रत्याभूति हुन आवश्यक रहेको बताउँदै उहाँले आयोगले जटिलताको बीचमा पनि जिल्लामा मतदाता शिक्षा, मतदाताका लागि आवश्यक सामग्रीको व्यवस्थापन गरेर अघि बढिरहेको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ