ईपीएलमा चेल्सीद्वारा अग्रता कायमै (तालिकासहित)

ईपीएलमा चेल्सीद्वारा अग्रता कायमै (तालिकासहित)

  • बिहिबार, चैत्र २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

काठमाडौं, चैत्र २४ ।
जारी रहेको इङ्गलिस प्रिमियर लिगअन्तर्गत लिग लिडर चेल्सीद्वारा आफ्नो अग्रतालाई कायम राख्न सफल भएको छ । गएराति भएको खेलमा म्यानचेष्टर सिटीलाई २–१ गोलले पराजित गर्दै चेल्सीले लिगमा आफ्नो अग्रतालाई ७ अंकले कायम राखेका हुन् ।

उसका लागि इडेन हजार्डले १० मिनेटमै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, सर्जियो अगुइरोले २६ मिनेटमा खेललाई बराबरीमा ल्याउँदै घरेलु टोलीको तनाब बढाएका थिए । चेल्सीलाई त्यतिबेला चिट्ठा पर्यो, जब फर्नाण्डिनोले डिबक्सभित्र पेड्रोलाई लडाएका थिए । ३५ औँ मिनेटमा चेल्सीले पाएको पेनाल्टीको अवसरलाई हजार्डले नै गोलमा परिणत गर्न सफल भएका थिए । दोश्रो हाफमा दुबै टीमको तर्फबाट कुनै गोल भने हुन सकेन ।

लिग जित्ने अभियानमा रहेको चेल्सी ३० खेलमा ७२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । दोश्रो स्थानमा रहेको चेल्सीभन्दा ७ अंक पछाडी रहेको छ । टोटेनह्यामको समान ३० खेलबाट ६५ अंक रहेको छ भने तेश्रो स्थानमा रहेको लिभरपुलको ३१ खेलबाट ६१ अंक रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी