लोकतन्त्रको स्थायित्व र गणतन्त्रको संस्थागत विकास : पोख्रेल

लोकतन्त्रको स्थायित्व र गणतन्त्रको संस्थागत विकास : पोख्रेल

  • बुधबार, चैत्र २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

दाङ, २३ चैत ।

नेकपा एमालेका नेता शङ्कर पोख्रेलले लोकतन्त्रको स्थायित्व र गणतन्त्रको संस्थागत विकास गरी अब देशलाई समृद्धितिर लैजानु पर्नेमा जोड दिनुभएको छ ।

तुलसीपुर नगर जेसीजले आज तुलसीपुरमा आयोजित नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उहाँले लोकतन्त्रलाई संस्थागत गरी विधिको शासन स्थापित गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।

नेता पोख्रेलले ‘नयाँ वर्ष २०७४ साललाई लोकतन्त्रको स्थायित्व र गणतन्त्रको संस्थागत गर्ने वर्षको रुपमा मनाउन पर्ने भन्दै यसमा विशेष गरी युवा वर्गले खबरदारी गर्नुपर्ने बताउनु भयो ।

हजारांै नेपाली युवा विदेशीएकाले मुलुकको आर्थिक समृृद्धिमा लागि अब स्वदेशमै स्वरोजगार सिर्जना गर्नुपर्नेमा उहाको जोड छ ।

स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने भन्दै नेता पोख्रेलले निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गरेपछि मात्रै देशलाई समृृद्धितर्फ लैजान सकिने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ