इप्रका तेह्रथुममा कार्यालय प्रमुख बिहिन , सेवा प्रभावित

इप्रका तेह्रथुममा कार्यालय प्रमुख बिहिन , सेवा प्रभावित

  • बुधबार, चैत्र २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

तेह्रथुम, चैत २३।
तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्ति बजारस्थित इलाका प्रशासन कार्यालयमा कार्यालय प्रमुख नहुदा प्रवाह हुदै आएको सेवा ठप्प भएको छ ।

कार्यालयका प्रमुखको जिम्मेवारी सम्हालेका सफल पोर्तेलको सरुवा भएदेखि नै इलाका प्रशासन कार्यालय प्रमुख बिहीन भएको हो । जसका कारण कार्यालयबाट प्रवाह हुने प्रशासनिक काम दुई हप्ता देखि ठप्प भएको छ ।
प्रशासन कार्यालय नहुँदा दुई गाउँपालिकाका सर्वसाधारण मारमा परेका छन् । कार्यालयमा प्रमुख नहुँदा दुई वटा गाउँपालिकाका सर्वसाधारण प्रशासनिक कामका लागि सदरमुकाम धाउन बाध्य भएका छन् ।

आठाराई गाउँपालिका अर्थात् साविकका संक्रान्तिबजार, खाम्लालुङ, ह्वाकु, ईवा, छातेढुङगा, चुहानडाँडा र थोक्लुङ गाविस र फेदाप गाउँपालिकाका साविक सम्दु र ईसिबु गाविसका सर्बसाधारणलाई गाउँमा नै प्रशासनिक सेवा दिन संक्रान्तिबजारमा प्रशासन कार्यालयको स्थापना भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ