इलाम चैत्र २३ ।
इलाममा जारी तेस्रो माइभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलमा आजबाट सेमिफाइनल चरणको खेलहरु सुरु हुदै छ ।
आज हुने पहिलो सेमिफाइनलको खेलमा विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस विच प्रतिस्पर्धा हुने छ । खेल अपरान्न ३ बजेपछि इलामस्थित ठूलो टुँडिखेलमा हुनेछ ।
दुवै टोली आजको खेलमा जीत हात पार्दै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गर्ने दाउका साथ मैदान उत्रदैछ । यस अघि हिजो भएको अन्तिम क्वाटरफाइनल खेलमा एपीएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एपीएफले सीएमजी संकटा क्लबलाई १ – ० गोल अन्तरले पराजित गरेको हो । अब फाइनल प्रवेशका लागि एपीएफले झापा ११ सँग प्रतिस्पर्धा गर्ने छ ।
आगामी चैत्र २६ गतेसम्म सन्चालन हुने प्रतियोगितामा दुई विदेशी टीम सहित १० टोली सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ नगद हात पार्नेछन् भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।