आज फोरम लोकतान्त्रिक र जनमुक्ति पार्टी विच एकीकरण हुदै

आज फोरम लोकतान्त्रिक र जनमुक्ति पार्टी विच एकीकरण हुदै

  • बुधबार, चैत्र २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, चैत २३ ।
विजय कुमार गच्छादार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र शिवलाल थापा नेतृत्वको जनमुक्ति पार्टी नेपाल विच आज एकीकरण हुने भएको छ ।

स्थानीय तहको निर्वाचन नजिकीदै गर्दा संसद भित्रका यी दुइ पार्टीको एकता हुन लागेको हो । आज दिउसो १ बजे फोरम लोकतान्त्रिकको कार्यालय सुविधानगरमा पार्टी एकीकरणको घोषणा गरिने बताइएको छ ।

संसद भित्रका तथा बाहिरका दलसँग एकीकरण प्रयास जारी रहेकै बेला पहिलो चरण यी दुइ पार्टी विच एकीकरण हुन लागेको फोरम लोकतान्त्रिकका वरिष्ठ नेता रामजनम चौधरीले जानकारी दिनु भयो ।

एकीकरण पछिको अध्यक्षमा गच्छादार र वरिष्ठ उपाध्यक्ष थापा हुने बताइएको छ । यस्तै एकता पछि फोरम लोकतान्त्रिकका एक सय ३५ केन्द्रिय सदस्य सहित १ सय ७१ केन्द्रिय सदस्यीय केन्द्रिय समिति हुने छ ।

संसद भित्र १४ सिट रहेको फोरम लोकतान्त्रिकसँग २ सिट भएको जनमुक्ति पार्टी विच एकीकरण भए पछि १६ सिट हुने छ । एकीकरण पछि भने पार्टीको नाम परिवर्तन गर्ने सर्त जनमुक्तिले राखेको छ ।

एकता पछि पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम रहने नेताहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ