राजधानीमा आजबाट इपीजी बैठक सुरु हुदै

राजधानीमा आजबाट इपीजी बैठक सुरु हुदै

  • बुधबार, चैत्र २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमान्डौ चैत्र २३ ।
नेपाल–भारत सम्बन्धको बृहत् समीक्षा गर्न गठित प्रबुद्द ब्यक्ति समूह (इपिजी) को तेश्रो बैठक आज देखि राजधानीमा सुरु हुँदैछ ।

दुइ दिने बैठक राजधानीको अन्नपूर्ण होटेलमा हुने बताइएको छ । सो बैठकमा विशेषगरी नेपाल—भारत सन् १९५० को शान्ति तथा मैत्री सन्धिको पुनरावलोकनका विषयमा छलफल हुनेछ ।

बैठकमा १९५० को सन्धिका साथै नेपाल–भारत व्यापार सम्बन्ध र जलस्रोतको सहकार्य विषयमा दुवै पक्षले आ–आफ्ना कुरा राख्नेछन् ।

ईपीजीका नेपालतर्फका सदस्य सूर्यनाथ उपाध्यायले नेपाल–भारत जलस्रोत उपयोग र सहकार्य तथा सांसद राजन भट्टराईले नेपाल–भारत व्यापार सम्बन्धबारे बैठकमा प्रस्तुति राख्दै छन् ।

भारतीय पक्षले पनि यिनै विषयमा प्रस्तुति दिने र सहमतिको विन्दु खोजिने ईपीजी सदस्यले बताएका छन् । बैठकमा सहभागी हुन इपिजी भारत तर्फका सदस्य हिजो नै काठमाडौं आएका छन् ।

स्रोतका अनुसार भारतका तर्फबाट हालसम्म कुनै एजेन्डा प्रस्तावित गरिएका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ