भारतीय कलाकार राखी पक्राउ

भारतीय कलाकार राखी पक्राउ

  • मङ्लबार, चैत्र २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

एजेन्सी ,२२ चैत ।  भारतीय कलाकार राखी सावन्तलाई हिन्दुहरुको ग्रन्थ रामायणका लेखक बाल्मिकीविरुद्ध टिप्पणी गरेको आरोपमा पञ्जाब प्रहरीको एक टोलीले मुम्बईमा पक्राउ गरेको छ ।

राखी सावन्तले बाल्मिकीविरुद्ध टिप्पणी गरेर धार्मिक भावना भड्काएको आरोपमा दायर भएको मुद्दामा उनी अनुपस्थित भएपछि लुधियाना अदालतले उनलाई पक्राउ गर्न मार्च ९ मा आदेश जारी गरेको थियो ।

सावन्तमाथि नरिन्दर अधिया नामक एक वकिलले मुद्दा दायर गरेका थिए । अघिल्लो वर्ष जुलाईमा उनीविरुद्ध मुद्दा दायर भएको हो । एक टिभी कार्यक्रममा उनले बाल्मिकीविरोधी अभिव्यक्ति दिएकी थिइन् ।

मानिसहरु परिवर्तन हुन्छन् भन्ने सन्दर्भमा उनले बाल्मिकी सुरुमा हत्यारा भएको र पछि रामायण लेखक भएको अभिव्यक्ति दिएकी थिइन् ।

सन् २०१४ को आफ्नो बर्थडे पार्टीमा गायक मिका सिंहले आफूलाई जबरजस्ती चुम्बन गरे पनि पछि उनी सुध्रिएको भन्दै उनले यस्तो उदाहरण दिएकी थिइन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी