एजेन्सी, चैत्र २२ ।
इण्डियन फिल्म इन्डस्ट्रिका अभिनेता तथा निर्माता फरहान अख्तरले छिट्टै ‘डन ३’ निर्माण हुने कुरा सञ्चारमाध्यमबीच जानकारी दिएका छन् ।
अभिनेता शाहरुख खान र अभिनेतृ प्रियंका चोपडाको अभिनय रहेको ‘डन’ फिल्मको पहिलो पार्ट सन् २००६ मा रिलिज भएको थियो भने सन् २०११ मा ‘डन’ को सिक्वल रिलिज भएलगत्तै यो फिल्मले धेरै सफलता हात पारेका थिए ।
फरहानकाअनुसार फिल्म बनाउने विषयमा कुराकानी भईरहेको जनाएको छ । ‘तपाईहरूले छिट्टै नै राम्रो समाचार सुन्न पाउनु हुन्छ । म आफैँ पनि यसको लागि उत्साहित छु ।’
अहिले फरहान एक सामाजिक कार्यक्रममा व्यस्त छन् । नेशनल ज्योग्राफिक संस्थासँग आबद्ध रहेर सामाजिक मुद्दाहरू उठाइरहेका छन् भने उनले पृथ्वीलाई सुरक्षित राख्न आग्रह गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline