काठमाडौँ, २२ चैत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधान संशोधन गरी अनुचित कार्यलाई पनि आयोगको क्षेत्राधिकारभित्र राख्न पुनः माग गरेको छ ।
संसद्को सुशासन तथा अनुगमन समितिको टोलीसँग आयोगले एउटा सिक्काका दुईपाटाका रुपमा भ्रष्टाचार र अनुचित कार्य रहेको उल्लेख गर्दै यसको नियन्त्रण, रोकथाम र निर्मूल गरी सुशासन कायम गर्न माग गरेको हो ।
आयोगका कामका बारेमा जानकारी लिन गएको संसदीय टोलीसित आयोगले उक्त माग पुनः दोहो¥याउँदै संविधानबाट अनुचित कार्यको छानबिनको प्रावधान हटाइएको र अर्काे अधिकार प्राप्त निकायलाई जिम्मेवारीसमेत नतोकिँदा आगामी दिनमा भ्रष्टाचारविरुद्धको कारबाहीमा सुस्तता आउने जनाएको छ ।
आयोगका सचिव पूर्णचन्द्र भट्टराईले आयोगका कामका बारेमा जानकारी गराउँदै आयोगले आफ्ना वार्षिक प्रतिवेदन कार्यान्वयन गर्न सरकार उदासीन बनेकोतर्फ समितिको ध्यानाकर्षण गराउँदै यसतर्फ अनुगमन र उत्प्रेरण गर्न आग्रहसमेत गर्नुभयो ।
आव २०७२÷७३ मा आयोगमा २४ हजार ६९१ उजुरी परेका थिए । तीमध्ये १६ हजार ६९४ फछ्र्योट भएका थिए । अर्काेतर्फ आयोगले अनियमितताअन्तर्गत रु एक अर्ब ४२ करोड ७८ लाख तीन हजार १२२ असुलउपर गर्न लेखी पठाएको थियो ।
सचिव भट्टराईले टोलीसमक्ष आयोग ऐन–२०४८, भ्रष्टाचार ऐन– २०५९ संशोधनको प्रक्रियामा रहेको र सूचनादाता तथा साक्षीको सुरक्षासम्बन्धी ऐन तर्जुमा भएको जानकारी गराउनुभयो ।