भक्तपुरमा नयाँ वर्षमा ट्राईथोलन खेल आयोजना हुने

भक्तपुरमा नयाँ वर्षमा ट्राईथोलन खेल आयोजना हुने

  • मङ्लबार, चैत्र २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

भक्तपुर, चैत्र २२ ।
आउँदो नयाँ वर्ष २०७४ को अवसरमा भक्तपुरमा ट्राईथोलन खेलको आयोजना गरिने भएको छ । भक्तपुर ट्राइथोलन संघले खेल क्षेत्रबाट पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ सो खेल सञ्चालन गर्न थालिएको आयोजकले जानकारी दिएको छ ।

रफत सञ्चार क्लबमा आज पत्रकार सम्मेलनको आयोजना गरी बिस्केटको रौनकतासँगै नयाँ वर्षलाई स्वागत गर्नुका साथै खेल क्षेत्रबाट पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ उक्त खेल सञ्चालन गर्न थालिएको संघका उपाध्यक्ष कृष्णभक्त दुवालले जानकारी दिएका छन् । उनले ट्राईथोलन खेल नेपाली माँझ नौलो खेलसमेत भएको र हरेक व्यक्ति स्वस्थ रहन यो खेलले मद्दत पुग्ने भन्दै भक्तपुरको बिस्केट जात्राको अवसरलाई सदुपयोग गर्दै उक्त खेल आयोजना गर्न लागिएको जानकारी गराए ।

खेलका बारे जानकारी दिँदै अन्तर्राष्ट्रिय ट्राईथोलन युनियन प्राबिधिक धनेश प्रजापतिले उक्त खेल आयोजना दौड र साईकल चलाउँदै र पौडी खेलेर खेलिने खेल भएता पनि दुई बिधालाई मात्र समाबेश गरेर उक्त खेल सञ्चालन गर्न थालिएको जानकारी दिए ।

भक्तपुरमा पहिलो पटक उक्त खेल सञ्चालन गर्न थालिएको र करिब तीन सयभन्दा बढी खेलाडीको सहभागिता रहेको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

खेलमा प्रथम हुनेलाई १० हजार द्वितीय हुनेलाई पाँच हजार र तेश्रो हुनेलाई तीन हजार नगद राशीको पुरस्कार प्रदान गरिने छ ।

खेलमा दुई जना ईमर्जिङ खेलाडीलाई पाँच÷पाँच हजारको राशीको पुरस्कारको व्यवस्थासमेत गरिएको छ ।

खेल सञ्चालनका लागि रु. तीन लाख खर्च लाग्ने र उक्त खर्च विभिन्न खेल प्रेमीहरूबाट संकलन गरिएको समेत आयोजकले जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी