डरलाग्दो रोग क्यान्सरलाई जित्दै मैदानमा उत्रिए माइकल

डरलाग्दो रोग क्यान्सरलाई जित्दै मैदानमा उत्रिए माइकल

  • मङ्लबार, चैत्र २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौं, चैत्र २२ ।
अहिलेसम्मकै डरलाग्दो रोगको रूपमा रहेको क्यान्सर जस्तो भयानक रोगसँग लड्न जो कोहीलाई पनि हम्मे हम्मे पर्छ । तर, आत्मविश्वास र हिम्मतले काम लिए जस्तोसुकै रोगसँग पनि लड्न सफल हुन्छ भन्ने पछिल्लो उदाहरण बनेको छ इङ्गल्याण्डका ब्याट्सम्यान माइकल कारबेरी ।

हुनत, यसअघि भारतका अलराउण्डर युवराज सिंहले पनि क्यान्सर रोगलाई जितेर पुनः क्रिकेट मैदानमा नउत्रिएको होइन ।

इङ्गल्याण्डका ३६ वर्षीय कारबेरीले ६ टेष्ट र ६ एक दिवसीय खेलिसकेका उनलाई गत वर्ष क्यान्सरले रोग लागेको थियो । उनी पछिल्लो जुलाईदेखि मैदानमा देखिएका थिएनन् । तर, क्यान्सरलाई जितेर पहिलो श्रेणीको क्रिकेटमा फर्किएका कारबेरीले कार्डिफविरुद्ध एक सय २१ बलमा सतक बनाउँदै उत्कृष्ट पुनरागमनसमेत गरेका छन् ।

हयाम्सायरबाट खेलेका कारबेरीले १७ बाउण्ड्री हिर्काएका थिए । उनले क्यान्सर जस्तो ठूलो रोगलाई जितेर मैदानमा फर्किन सफल भएकोमा परिवार, क्लब, इस्टमित्र तथा शुभचिन्तकहरूलाई धन्यबादसमेत दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी