विश्वमै उत्कृष्ट पर्यटकीय गन्तव्यमा नेपाल नम्बर वान (भिडियोसहित)

विश्वमै उत्कृष्ट पर्यटकीय गन्तव्यमा नेपाल नम्बर वान (भिडियोसहित)

  • मङ्लबार, चैत्र २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं, चैत्र २२ ।
नेपालीहरूको शान, मेहनत र लगनशीलताको बयान विदेशी पर्यटकहरूले बेला–बेलामा गर्दै आइरहेको कुरा अब कुनै नौलो रहेन । नेपालमा गएको विनाशकारी भूकम्पबाट समेत निराश नभई आफ्नो मेहनत र लगनशीलताले नेपाललाई थप उचाईमा पुर्‍याउन नेपालीहरू सफल भएका छन् ।

यस्तै आँट र भरोसाले नेपालीहरूले विदेशी पर्यटकहरूको मन जित्न सफल भएका छन् । यसको पछिल्लो उदाहरणको रूपमा विश्वकै सबैभन्दा विश्वासिलो गाईडबुक तथा ट्राभल वेबसाईटको रूपमा लिने कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ले विश्वका एक सय ९० मुलुकबाट छनौट गरेको उत्कृष्ट १० को पहिलो नम्बरमा नेपाल रहन सफल भएको छ ।

बेस्ट भ्यालु गन्तव्य मुलुकमा नेपालले सबैलाई पछाडि पार्दै एक नम्बर स्थान हासिल गरेको छ ।

‘लोन्ली प्लानेट’ले तयार पारेको सन् २०१७ मा घुम्नैपर्ने संसारका बेस्ट भ्यालु गन्तव्यमा नेपाल पहिलो नम्बरमा परेको हो । पर्यटकले खर्च गरेको पैसा खेर नजाने, पर्यटक सन्तुष्ट हुने स्थानलाई बेस्ट भ्यालु गन्तव्यको रूपमा सूचीकृत गर्छ ।

सूची तयार गर्नका लागि लाखौँ पर्यटकबाट प्रतिक्रिया र सुझाब लिइएको ‘लोन्ली प्लानेट’ले जनाएको छ । ‘लोन्ली प्लानेट’को भ्रमण गर्नैपर्ने बेस्ट भ्यालु गन्तव्यको सूचीमा नेपाल पर्नुलाई यस क्षेत्रका विज्ञहरूले ठूलो उपलब्धिको रूपमा लिएका छन् ।

‘लोन्ली प्लानेट’ले नेपालबारे तयार पारेको भिडियो हेर्नुहोस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी