संसदबादी दलहरु निर्वाचन घोषणापत्रको तयारीमा, कम्युनिष्ट पार्टी निर्वाचन खारेजीमा

संसदबादी दलहरु निर्वाचन घोषणापत्रको तयारीमा, कम्युनिष्ट पार्टी निर्वाचन खारेजीमा

  • मङ्लबार, चैत्र २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं ,चैत्र २२ ।

स्थानिय तह निर्वाचन नजिकिदै गर्दा सत्तारुढ तथा प्रतिपक्षी दहरु निर्वाचन घोषणा पत्रको तयारीमा जुटेका छन् ।

सत्तारुढ नेपाली काग्रेस र माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी एमाले लगायतका दलहरु निर्वाचन तयारीका साथै घोषणापत्र तयारीमा लागेका हुन् ।

त्यसैक्रममा एमालेको स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा समितिको वैठक अहिले केहीबेरमा वस्दैछ ।

पार्टी उपाध्यक्ष बामदेव गौतम संयोजकत्वको समितिले स्थानीय निर्वाचनमा पार्टीको एजेण्डा र अन्य आर्थिक विषयलाई समेटेर घोषणा पत्र तय गर्ने सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले पनि केहीदिन भित्रै निर्वाचन घोषणा पत्र जारी गर्ने तयारी गरेको छ । सिंहदरवारको अधिकार जनताका हातमा लैजान सफल भएको, सरकारमा रहेर राम्रो काम गरेको, महिला दलित लगायत अल्पसंख्यकको अधिकार सुनिश्चित गर्न पार्टीले खेलेको भूमिका र सरकारमा रहेर राम्रो काम गर्न सफल भएको दावी गरेको माओवादी केन्द्रले थप महत्वकांक्षी योजनासहित निवार्चन घोषणापत्र तयार गरिसकेको छ ।

सो घोषणापत्रलाई केन्द्रीय कार्यालय वैठकले पारित गरिसकेको भन्दै केहीदिनमा जारी गर्ने पार्टी प्रवत्ता पम्फा भुषलले जानकारी दिनुभयो ।

यस्तै काग्रेसले पनि महत्वकांक्षी घोषणापत्र बनाउने तयारी गरेको छ । भोली वस्ने घोषणापत्र समिति वैठकले अन्तिम रुप दिने कंग्रेसले जनाएको छ ।

त्यसअघि आजै निर्वाचन परिचालन समितिको वैठक आजै बस्दैछ ।
ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा मध्यान्ह वस्ने कंग्रेस सांसद, केन्द्रीय सदस्य तथा पूर्व जिल्ला सभापति सहितको वैठकमा निर्वाचन तयारीबारे छलफल हुने केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो ।

संसदको चौथो ठूलो दल राप्रपा लगायत दलले पनि निर्वाचन घोषणापत्र छिट्टै सार्वजनिक गर्ने बताएका छन् । निर्वाचन लक्षित महत्वकांक्षी योजना अघि सार्दै आएका दलहरुले स्थानिय निर्वाचनका लागी पनि पूर्वाधार विकास, सुचना प्रविधि, कृषिको आधुनिकीकरण जस्ता महत्वकांक्षी योजना सार्वजनिक गर्ने तयारी गरेका छन् ।

संसदबादी दलहरु निर्वाचनको तयारी स्वरुप घोषणापत्रलाई अन्तिम रुप दिने कसरतमा रहेपनि नेपाल कम्युनिष्ट पार्टी भने निर्वाचन खारेजीमा लागेको छ । पार्टी प्रवत्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले निर्वाचन खारेजीमा आफ्नो पार्टी लागेको जानकारी दिदै देशैभर अभियान चलाउन लागीएको जानकारी दिनुभयो ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ