काठमाडौँ, २२ चैत ।
युनिभर्सिटी टि–ट्वेन्टी क्रिकेट प्रतियोगिता आजदेखि कीर्तिपुरमा सुरु हुदै छ ।
त्रिवि मैदानमा हुने प्रतियोगितामा आज दुई खेल हुदै छ । उद्घाटन खेलमा आज टियु कलेजले एनइसी ‘बी’ कलेजको सामना गर्नेछ भने दोस्रो खेल ग्लोबल कलेज र एनइसी ‘ए’ बीच हुनेछ ।
प्रतियोगितामा उपत्यकाभित्रका १६ वटा कलेजले प्रतिस्पर्धा गर्ने आयोजक युनिभर्सिटी क्रिकेट क्लबले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने पाँच खेलाडी र उदयमान अन्य तीन खेलाडीलाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले एक वर्षसम्म निःशुल्क प्रशिक्षण र प्रतियोगिता खेलाउने जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले ट्रफीका साथै रु एक लाख पाउनेछ भने उपविजेताले रु ५० हजार प्राप्त गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline