७५ जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत, नामावली आज सार्वजनिक गरिँदै

७५ जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत, नामावली आज सार्वजनिक गरिँदै

  • मङ्लबार, चैत्र २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, चैत्र २२ ।
निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको छ ।

आगामी बैशाख ३१ गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि आयोगले सोमबार मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

आयोगको बैठकले न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवा तथा नेपाल प्रशासन सेवाका अधिकृत कर्मचारीसमेत गरी छ सय ६९ जनालाई निर्वाचन अधिकृत पदमा यही चैत्र २५ गतेदेखि लागू हुनेगरी नियुक्ति गर्ने निर्णय गरेको हो ।

नियुक्त भएका मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृतको नामावली आज सार्वजनिक गरिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ