समान अवसर प्रदान गर्ने प्रयास :सभामुख घर्ती

समान अवसर प्रदान गर्ने प्रयास :सभामुख घर्ती

  • सोमवार, चैत्र २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, २१ चैत । सभामुख ओनसरी घर्तीमगरले नेपालमा नयाँ संविधान जारी भएपछि गरिबी र असमानता घटाउने तथा सबैका लागि समान अवसर प्रदान गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।

‘असमानताको सम्बोधन : सम्मान तथा सबैको भलाइ’ विषयमा केन्द्रित रहेर बङ्गलादेशको राजधानी ढाकामा भइरहेको अन्तर व्यवस्थापिका सङ्घ (आइपियु)को १३६औँ सम्मेलनलाई आइतबार सम्बोधन गर्दै उहाँले नयाँ संविधानले सबैमा समानताको अवसर प्रदान गरेको बताउनु भयाे ।

सभामुख घर्तीमगरले नयाँ संविधान जारी भएपछि सबै क्षेत्रलाई सम्बोधन हुने गरी नीति निर्माण गर्दै नेपाल विकासको गतिमा अघि बढेको बताउँदै द्वन्द्वको मुख्य कारक असमानता हो भन्नेमा आफूहरु सचेत रहेको भन्नुभयो ।

जारी संविधनले सामाजिक न्याय प्रदान गरेको, विशेष गरी महिलाको अधिकार सुनिश्चित गरेको, जनजाति, सीमान्तकृत तथा पछि परेका समुदायलाई मूलधारमा ल्याउन महत्वपूर्ण अवसर प्रदान गरेको बताउँदै उहाँले असमानता घटाउन मानवीय सम्मान बढाउनुपर्नेमा जोड दिनुभयो ।

सभामुख घर्तीले विकासका उपजलाई समान रुपमा वितरण गर्नुपर्ने बताउँदै उहाँले अतिकम विकसित, विकासोन्मुख र विकासिल मुलुकबीचको ठूलो अन्तरलाई सम्बोधन गर्न यस क्षेत्रका सबै मुलुकले साझा धारणा बनाएर अगाडि बढ्नुपर्नेमा धारणा व्यक्त गर्नुभयो ।

सम्मेलन यही चैत १९ देखि सुरु भई २३ गतेसम्म चल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ