काठमाडौं ,चैत्र २१ ।
नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीले आफूले देशकै अपमान हुने गरी गरेको नारावाजी प्रति आत्मलोचना गर्दै माफी मगेकी छिन् ।
नयाँ शक्ति पार्टीले आइतबार आयोजना गरेको अन्दोलनको क्रममा निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि पार्टी संयोजक बाबुराम भट्टराईसहित अन्य नेतालाई प्रहरीले पक्राउ गर्ने क्रममा उनले आपत्तिजनक नारा लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि आज आज पत्रकार सम्मेलन गरेर उनले माफि मागेकी हुन् ।
माफि माग्दै यमीले जारी गरेको प्रेस विज्ञप्तीमा आफूले अर्धचेत अवस्थामा आवेगमा आएर त्यस प्रकारको नारा लगाएको बताएकी छिन् । उनले भविष्यमा पुनस् यस्तो गल्ति नदोहोर्याउने प्रतिवद्धता जनाउँदै क्षमायाचना गरेकी छिन् ।
ुसुरक्षाकर्मीहरुले हामीलाई समातेर सुरक्षा भ्यानमा राखे । म त्यो बेला आवेस र अर्धचेत अवस्थामा थिएँ । तीब्र आवेसमा म चिच्याउँदै नाराबाजी गर्न लागेछु । त्यसैक्रममा मैले स्थानीय निर्वाचन ऐनको यो आदेश खारेज हुनुपर्छु भन्न खोज्दा वेहोशीपूर्वक अन्यथा हुनपुगेछ, विज्ञप्तीमा भनिएको छ, आन्दोलनको प्रेसर, भाषागत कमजोरी र वेहोसीमा मैले आदेशलाई अन्यथा उच्चारण गर्न पुगेको हुँ । पछि साथीहरुले रोकेपछि मात्रै म होशमा आएँ र आफ्नो गल्ती महसुस गरें ।
परिस्थितिजन्य घटना र वेहोसीमा आफ्नो प्यारो देशका विरुद्ध मबाट जे जस्ता शब्दहरु निस्किए सोप्रति म अत्यन्त दुस्खित छु । म अन्तर हृदयैदेखि यसवापत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुसँग क्षमायाचना गर्दछु, विज्ञप्तीमा भनिएको छ ।
काठमाडौं ,चैत्र २१ ।
नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीले आफूले देशकै अपमान हुने गरी गरेको नारावाजी प्रति आत्मलोचना गर्दै माफी मगेकी छिन् ।
नयाँ शक्ति पार्टीले आइतबार आयोजना गरेको अन्दोलनको क्रममा निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि पार्टी संयोजक बाबुराम भट्टराईसहित अन्य नेतालाई प्रहरीले पक्राउ गर्ने क्रममा उनले आपत्तिजनक नारा लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि आज आज पत्रकार सम्मेलन गरेर उनले माफि मागेकी हुन् ।
माफि माग्दै यमीले जारी गरेको प्रेस विज्ञप्तीमा आफूले अर्धचेत अवस्थामा आवेगमा आएर त्यस प्रकारको नारा लगाएको बताएकी छिन् । उनले भविष्यमा पुनस् यस्तो गल्ति नदोहोर्याउने प्रतिवद्धता जनाउँदै क्षमायाचना गरेकी छिन् ।
सुरक्षाकर्मीहरुले हामीलाई समातेर सुरक्षा भ्यानमा राखे । म त्यो बेला आवेस र अर्धचेत अवस्थामा थिएँ । तीब्र आवेसमा म चिच्याउँदै नाराबाजी गर्न लागेछु । त्यसैक्रममा मैले स्थानीय निर्वाचन ऐनको यो आदेश खारेज हुनुपर्छु भन्न खोज्दा वेहोशीपूर्वक अन्यथा हुनपुगेछ, विज्ञप्तीमा भनिएको छ, आन्दोलनको प्रेसर, भाषागत कमजोरी र वेहोसीमा मैले आदेशलाई अन्यथा उच्चारण गर्न पुगेको हुँ । पछि साथीहरुले रोकेपछि मात्रै म होशमा आएँ र आफ्नो गल्ती महसुस गरें ।