बहुराष्ट्रिय मुलुकमा सङ्घीयता बिनाको समाजवाद प्राण बिनाको शरीर : सहअध्यक्ष श्रेष्ठ

बहुराष्ट्रिय मुलुकमा सङ्घीयता बिनाको समाजवाद प्राण बिनाको शरीर : सहअध्यक्ष श्रेष्ठ

  • सोमवार, चैत्र २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, चैत्र २१ ।
व्यवस्थापिका संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नहुँदा सम्म यो संविधान कार्यान्वयन हुन नसक्ने र जबर्जस्ती गरे देशमा जनविद्रोह हुने संघीय समाजवादी फोरमका नेताहरूले बताएका छन् ।

सङ्घीय समाजवादी फोरम, नेपाल काठमाडौं नागार्जुन नगर समितिको प्रथम एकता अधिबेशन समितिका पूर्वअध्यक्ष हिराकाजी महर्जनको अध्यक्षतामा आज भएको अधिबेशनमा अर्जुन गिरीको अध्यक्षतामा २१ जनाको नागार्जुन नगर समितिसमेत निर्वाचित गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नेपाल आजभन्दा तीन सय वर्ष पहिले अमेरिकाभन्दा पनि धेरै सम्पन्न भएको बताउँदै नेपालमा आन्तरिक रूपमा नश्लीय शासन सुरु भएपछि विकासमा पछि परेको समेत बताए । नेपालका पुराना दलहरूमा एकल जातीय नेतृत्व र वर्चश्व रहेकाले उत्पीडित समुदायहरूले पनि जातीय पार्टीहरू खोलेर गल्ति गरेको भन्दै उनले भने, नेपालको राज्यसत्ता र शासन प्रणालीलाई सबैको साझा बनाउन समानुपातिक समावेशी राष्ट्रिय चरित्रको पार्टी आवश्यक भएकाले ससफो नेपालको स्थापना भएको बताए । उनले यसलाई सशक्त बनाउन सङ्घीय समाजवादलाई सिद्धान्तको रूपमा स्वीकार्ने पार्टीहरूसँग सहकार्य गर्दै पार्टी एकीकरण गरेर अगाडि बढ्ने बताए ।

उनले नेपालमा कांग्रेस कम्युनिष्ट पार्टीहरूले समाजवादको कुरा गरे पनि सङ्घीय शासनलाई अन्तरमनले स्वीकार नगरेको भन्दै नेपाल जस्तो बहुराष्ट्रिय मुलुकमा सङ्घीयता बिनाको समाजवाद प्राण बिनाको शरीर जस्तो भएको बताए । उनले समाजवादमा सङ्घीय शासनलाई आत्मसात गरेकाले ससफो नेपालले उत्पीडित राष्ट्रियताहरूको मुक्तिका साथै देशलाई आर्थिक विकास र समृद्धिको दिशामा लाने बताए ।

प्रमुख अतिथि श्रेष्ठले गर्भमै रहँदा तराई मधेशमा ४० जना नेपालीको रगत पिएको अहिलेको संविधानले पाँच दर्जनभन्दा बढी जनताको रगत पिइसकेको बताउँदै अब पनि यसको परिमार्जन र संशोधन नगरे जनताको आन्दोलनले यो संविधान नै खारेज गर्ने बताए । उनले यो संविधान नै विभेद्कारी भएकाले संविधान परिमार्जनसहित संशोधन नगरी, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र नबनाई, प्रदेशको क्षेत्राधिकारभित्र पर्ने स्थानीय निर्वाचन केन्द्रले नै घोषणा गरी सङ्घीयताको सिद्धान्त, त्यसको मर्म र भावना विपरीत काम गरेको हुनाले व्यवस्थापिका संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नहुँदासम्म यो संविधान कार्यान्वयन हुन नसक्ने र जबर्जस्ती गरे देशमा जनविद्रोह हुने बताए ।

कार्यक्रममा पार्टीका राजनीतिक समितिका सदस्यद्वय राजन केसी, प्रेमबहादुर थापा, केन्द्रीय सदस्यहरू लालबहादुर तामाङ, पबित्र बज्राचार्य, न्हुच्छेलाल महर्जन, रमेशचन्द्र प्रधान, कृष्णकुमारी वाइबा, युवराज भट्टराई, रामबहादुर नेपाली, पूर्वगाविस अध्यक्ष तथा स्थानीय नेता बिनोद श्रेष्ठ, जिल्ला अध्यक्ष मनरत्न शाक्यलगायतका नेताहरूले पनि शुभकामना दिएका थिए । अधिवेशनको अन्त्यमा नवनिर्वाचति समितिलाई सहअध्यक्षले शपथ ग्रहण गराए भने पूर्वअध्यक्ष हिराकाजी महर्जनले नवनिर्वाचित अध्यक्षलाई माइन्युट हस्तान्तरण गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ