युनिभर्सिटी टी–ट्वेन्टी क्रिकेट भोलिदेखि हुँदै

युनिभर्सिटी टी–ट्वेन्टी क्रिकेट भोलिदेखि हुँदै

  • सोमवार, चैत्र २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, चैत्र २१ ।
युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा युनिभर्सिटी टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भोलि मङ्गलबारदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा उपत्यकाभित्रका १६ वटा कलेजले प्रतिस्पर्धा गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

कलेजमा रहेको विद्यार्थीहरूको खेल प्रतिभा देखाउन सकुन् भन्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको आयोजक समितिका अध्यक्ष सुमनराज कार्कीले जानकारी दिएका हुन् ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने पाँच खेलाडी र उदयमान अन्य तीन खेलाडीलाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले एक वर्षसम्म निःशुल्क प्रशिक्षण र प्रतियोगिता खेलाउने जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले ट्रफीका साथै एक लाख पुरस्कार पाउने छ भने उपविजेताले ५० हजार पुरस्कार प्राप्त गर्नेछ । भोलिदेखि चैत्र २९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको अनुमानित खर्च १० लाख लाग्ने आयोजकको भनाइ छ ।

उद्घाटनको पहिलो खेलमा टियु कलेजले एनइसी ‘बी’ कलेजको सामना गर्ने छ भने दोस्रो खेल ग्लोबल कलेज र एनइसी ‘ए’ बीच हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी