चितुवा पसेपछि त्रिभुवन विमानस्थल बन्द, खोजी कार्य जारी

चितुवा पसेपछि त्रिभुवन विमानस्थल बन्द, खोजी कार्य जारी

  • सोमवार, चैत्र २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाण्डौ , चैत्र २१ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र चितुवा पसेपछि विमानस्थल बन्द गरिएको छ । आज बिहान करिव ७ बजेतिर धावनमार्गमा चितुवा पसेपछि विमानस्थल बन्द गरिएको अन्तर्राष्ट्रिय टर्मिनलका कर्मचारीले जानकारी दिएका छन् ।

बिहान ७ बजेतिर धावन मार्गमा चितुवा देखिएको विमानस्थल कर्मचारीले बताएका छन् । चितुवा देखिने वित्तिकै सुरक्षाकर्मी र विमानस्थलमा रहेका सिकारीलाई खबर गरिएको थियो ।
अहिले चितुवा नदेखिएकोलृ सुरक्षाकर्मी र सिकारी मिलेर चितुवाको खोजी कार्य जारी छ ।

कर्मचारीका अनुसार विमानस्थल अनिश्चितसमयसम्म बन्द गरिएको छ । चितुवाको वस्तुस्थिति थाहा नलागुन्जेल विमानस्थल बन्द हुने बताईएको छ ।

यसले गर्दा आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएका छन् । अहिले अवतरणको लागि एरयर अरेबिया र ड्रुक एयर आएका थिए । दुवै जहाज आकाशमा होल्ड छन् भने जेट एयरवेज उड्ने तयारीमा थियो । जेटका सबै यात्रुहरु बोर्डिङ भइसकेपनि चितुवा आएका कारण रोक्किएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ