संसाेधनिबना निर्वाचनमा भागलिनेबारे सरकारसँग सहमति भएकाे छैन :माेर्चा

संसाेधनिबना निर्वाचनमा भागलिनेबारे सरकारसँग सहमति भएकाे छैन :माेर्चा

  • आइतवार, चैत्र २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ, २० चैत । मधेशी मोर्चाले संविधान संशोधन नभएसम्म निर्वाचनमा भागलिनेबारे हालसम्म सरकारसँग कुनैपनि सहमति नभएकाे जनाएकाे छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता वृषेशचन्द्र लालले मोर्चाले संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग निलने भन्लिदै त्यसबारे हालसम्म सरकारसँग कुनैपनि सहमति नभएको बताउनुभयाे ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले मधेसी, जनजाति, मुस्लीम लगायतका माग समावेश गरेर संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने भएकाले फास्ट ट्र्याकमा संविधान संशोधन गर्नुपर्ने बताउनु भयाे ।

नेकपा एमालेका नेता वङ्शीधर मिश्रले सीमाङ्कनलाई थाती राखेर संविधान संशोधन प्रस्ताव अधि बढाइए पारित गर्न एमाले तयार छ भन्नुभयो । उहाँले चुनावको मिति सार्ने कल्पना पनि गर्न नहुने बताउनुभयो ।
राप्रपाका नेता पशुपति शम्शेर राणाले सकेसम्म मधेसी मोर्चालाई समावेश गरी निर्वाचन गर्नुपर्ने बताउँदै नभए दुई चरणमा निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले तराईका जनताको माग सम्बोधन हुनेगरी संविधान संशोधान गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्रीका सल्लाहकार चक्रपाणि चालिसेले वैशाख ३१ को चुनाव नरोकिने बताउँदै थपिएका निर्वाचन क्षेत्रमा दोस्रो चरणमा चुनाव गर्ने तयारी भइरहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ