इङ्गलिस प्रिमियर लिग : लेस्टर सिटीद्वारा स्टोक सिटी पराजित

इङ्गलिस प्रिमियर लिग : लेस्टर सिटीद्वारा स्टोक सिटी पराजित

  • आइतवार, चैत्र २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, चैत्र २० ।
इङ्गलिस प्रिमियर लिगअन्तर्गत गएराति भएको प्रतिस्पर्धात्मक खेलमा लेस्टर सिटीद्वारा स्टोक सिटी २ विरुद्ध शून्य गोलले पराजित भएको छ ।
लेस्टर सिटीले आफ्ना प्रशिक्षक क्लाउडियो रानिएरीलाई बर्खास्त गरेपछि विजयी यात्रालाई कायम राख्दै आएको छ ।

सो खेलमा २५ औँ मिनेटमा विल्फ्रेड एनडिडीले गोल गर्दै लेस्टरलाई पहिलो हाफमा १ विरुद्ध शून्य गोलले अग्रता दिलाउन सफल भएका थिए भने दोश्रो हाफको सुरुमा नै जेमी भर्डीले अग्रतालाई दोब्बर पार्न सफल भए ।

त्यसपछि दुबैतर्फबाट गोल गर्न भरपूर कोशिस गर्दा पनि कुनै गोल भने हुन सकेन र लेस्टर सिटी अन्त्यमा २ विरुद्ध शून्य गोलले विजयी हासिल गर्न सफल भएका हुन् । लिगमा लेस्टरको योसहित लगातार चौथो जितसमेत हो । लेस्टरले राम्रो प्रदर्शन नभएको भन्दै गएको फेब्रुअरीमा रानिएरीलाई प्रशिक्षकबाट बर्खास्त गरेको थियो । त्यसपछि जिम्मेवारी सम्हालेका क्रेग शेक्सपिएरको प्रशिक्षणमा लेस्टरले प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिँदै आएको छ ।

जितपछि २९ खेलबाट ३३ अंक जोडेको लेस्टर १३ औँ स्थानमा उक्लिएको छ भने ३० खेलबाट ३६ अंकसहित स्टोक सिटी नवौँ स्थानमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी