सीमा विवाद क्षेत्रमा विज्ञ पठाउन सरकारलाई निर्देशन

सीमा विवाद क्षेत्रमा विज्ञ पठाउन सरकारलाई निर्देशन

  • शुक्रबार, चैत्र १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ, १८ चैत । संसद्काे सामाजिक न्याय तथा मानवअधिकार समितिले नेपाल र छिमेकी राष्ट्रबीच सीमा विवाद रहेका स्थानमा विज्ञसहितको प्राविधिक टोली चाँडो पठाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले छिमेकीसँगको सीमा विवादको संवेदनशीलतालाई ध्यानमा राखी कञ्चनपुर जिल्लाको पुनर्बासलगायत अन्य विवादित क्षेत्रमा दुई पक्षबीच सहमति गरी टोली पठाउन निर्देशन दिएको समितिका उपसचिव सञ्जय दाहालले जानकारी गराउनुभयो ।

उहाँका अनुसार बैठकले पुनर्बास नजिक नेपाल–भारत सीमा क्षेत्रमा ह्युमपाइप राख्ने क्रममा सहादत प्राप्त गरेका गोविन्द गौतमको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, सख्त घाइते टीकाराम चापागार्इँको सम्पूर्ण उपचार व्यवस्थापन गर्न तथा अन्य घाइते तथा पीडित परिवारलाई यथाशीघ्र राहत रकम उपलब्ध गराउनसमेत सरकारलाई निर्देशन दिएको छ ।

बैठकले नेपाल प्रहरीद्वारा काठमाडौँको सामाखुसीमा सञ्चालित विद्यालयका कक्षा ८ का विद्यार्थी कुन्दन थापाको रहस्यमय मृत्युका सम्बन्धमा समितिका सदस्य ओङ्दी शेर्पाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ