जाजरकोट, चैत्र १८ ।
नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य रविन्द्र शाहको मंगलबार हत्या गरिएको थियो । शाहको हत्यारा अहिलेसम्म पत्ता नलगाएको भन्दै तरुण दलले हत्याराको छिट्टै खोजी कार्य गर्नुपर्ने भन्दै आज तरुण दलले जाजरकोट बन्द गरेको छ ।
आज बिहान ६ बजेदखि दिउँसो ३ बजेसम्मका लागि बन्द गरेको तरुण दल जिल्ला कार्य समिति जाजरकोटका सचिव रमेश प्रशाद शर्माले जानकारी दिएका हुन् ।
बन्दका कारण बिहानैदेखि जाजरकोटबाट चल्ने लामो र छोटो दूरीका यातायातका साधनहरू चल्न सकेका छैनन् । त्यस्तै बन्दका कारण आज नेकपा माओवादी केन्द्रको खलंगामा हुन लागेको आामसभासमेत प्रभावित हुने भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline