नेता खनालको आरोप : “मधेशी मोर्चाले जनता भड्काउने काम गर्याे”

नेता खनालको आरोप : “मधेशी मोर्चाले जनता भड्काउने काम गर्याे”

  • बिहिबार, चैत्र १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

चितवन, चैत्र १७ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले स्थानीय निकायको निर्वाचन तोकिएको मितिमा नभए देशमा उथल पुथल हुने बताएका छन् ।

पत्रकारसँगको कुराकानीमा उनले निर्वाचन तोकिएको समयमा हुन नदिन षड्यन्त्र भइरहेको र प्रचण्डको सरकारद्वारा निर्वाचन स्थगित गर्न कोशिस भइरहेको आरोप लगाउँदै उनले निर्वाचन गर्ने आँट सरकारको हुनुपर्ने कुरामा जोडसमेत दिए ।

नेकपा एमालेले स्थानीय निर्वाचनका लागि उम्मेदवार चयन गर्ने काम सुरु गरिसकेको भन्दै महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख केन्द्र र अन्य निकायको प्रदेशले उम्मेदवारी चयन गर्ने र चाँडै नै सबै उम्मेदवारी तोकिने उनले जानकारी दिएका छन् ।

फेरी तराईमा एमालेले कार्यक्रम गर्ने भन्दै उनले यसअघि मधेशी मोर्चाको गैर जिम्मेवारीपूर्ण क्रियाकलापका कारण सप्तरी घटना भएको बताए ।

तराईमा मधेशी मोर्चाले जनता भड्काउने काम गरेको भन्दै आरोप लगाउँदै मधेशलाई संविधानले सम्बोधन गरेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ