नेपालद्वारा हङकङ ७ विकेटले पराजित

नेपालद्वारा हङकङ ७ विकेटले पराजित

  • बिहिबार, चैत्र १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं, चैत्र १७ ।
इमर्जिङ टिम्स एसिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङमाथि सहज जित हात पारेको छ । समूह बीमा रहेको दुवै टोलीको खेल प्रतिष्ठाको लागि मात्रै भएको हो ।

टस हारेर ब्याटिङ गरेको हङकङविरुद्ध खेलेको नेपालले ७ विकेटले हराउँदै दुई सय १५ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओेभर २ बलमा तीन विकेट जाँदा दुई सय २० रन बनाएको हो ।

नेपाली टीमको कप्तान सम्हालेका ज्ञानेन्द्र मल्लले अर्धशतक पार गर्दै ८२ बलमा ११ चौकाको मद्दतमा ७० रन जोडेको थियो । शरद भेषवाकर र दिपेन्द्र सिंह ऐरीले १०५ रनको साझेदारी गरे । दिपेन्द्र सिंह ऐरीले ८३ बलमा अविजित ६० रन बनाए । उनले ५ चौका र १ छक्का हाने । उनले ४५ औँ ओभरको दोस्रो बलमा छक्का हानेर शानदार जित दिलाएका हुन् ।

शरद भेषवाकरले ५१ बलमा अविजित ५५ रन बनाए । उनले ३ छक्का ३ चौका हानेका थिए । आशिफ शेखले २३ बलमा ८ रन बनाए । यस्तै दिलिप नाथले २९ बलमा १२ रन बनाए ।

यसअघि बंगलादेशको कक्स बजारमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट जाँदा दुई सय १४ रन बनाएको थियो । नेपालका अविनाश कर्णले तीन तथा भुवन कार्की, सुशन भारी र ज्ञानेन्द्र मल्लले दुई दुई विकेट लिए । यस्तै सन्दिप लामिछानेले एक विकेट लिए ।

हङकङका लागि अंशुमन राथले ६० बलमा ५१, क्यामरुन म्याकुलसेनले ७३ बलमा ४३ तथा वाक्कस खानले ६५ बलमा ३० रन बनाएका थिए ।

यसअघिका दुबै खेलमा पाकिस्तानसँग ६ विकेट र बंगलादेशसँग ८३ रनले हारेको नेपालले हङकङसँग सान्त्वना जित निकालेको हो । एक दिवसीय खेलमा नेपाल र हङकङको यो दशौं भेट हो । यसअघिका ९ खेलमा नेपालले ५ खेल जितेको थियो भने चार खेलमा पराजित भएको थियो । हङकङसँग पछिल्लो पटक सन् २०१४ मा एसिसी प्रिमियर लिगमा भेट हुँदा पनि नेपाल ७ विकेटले नै विजयी भएको थियो ।

एसियाली क्रिकेट परिषद् एसीसीको आयोजनामा भइरहेको प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकाका २३ वर्षमुनिका खेलाडीको सहभागिता भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी