नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच एकीकरणको तयारी

नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच एकीकरणको तयारी

  • बिहिबार, चैत्र १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ, चैत्र १७ ।
डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपाल र उपेन्द्र यादवले नेतृत्व गरेको  संघीय समाजवादी फोरम नेपालबीच एकीकरण गर्ने तयारी भइरहेको छ ।

नयाँ शक्ति नेपालको वार्ता टोलीका संयोजक रामचन्द्र झाले पार्टीको बैठकमा स्थानीय तहको चुनाव अगाडि नै पार्टी एकीकरण हुने जानकारी दिएका छन् । पार्टीको केन्द्रीय परिषद्को बैठकमा झाले बैशाख १ गते पार्टी कार्यकर्तालाई नयाँ वर्षको उपहार स्वरूप संघीय समाजवादी पार्टीसँग पार्टी एकीकरण हुने बताए ।

झाले ८० प्रतिशत कुरा मिलिसकेको दाबी गरेका छन् । संघीय समाजवादी फोरमसँग पार्टी एकीकरणबारे वार्ता गर्न नयाँ शक्ति नेपालले झाको नेतृत्वमा गंगानारायण श्रेष्ठ र खिमलाल देवकोटालाई वार्ता टोलीमा समाबेश गरेको छ ।

नयाँ शक्ति नेपालका नेता झाले बैशाख १ गतेभित्र पार्टी एकता गर्ने योजना रहेको बताएका छन् । उनले भने, ‘छलफल भइरहेको छ, केही विषयको टुंगो लगाउन बाँकी छ । सामान्यतया बैशाख १ गते एकता गर्ने भन्ने कुरा छ ।’ तर, नयाँ शक्तिका नेताहरूले भने बैशाख १ मै एकता हुनेमा शंका व्यक्त गरेका छन् ।

फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नयाँ शक्ति निकटतम शक्तिमा पर्ने र आफ्नो पार्टी पनि एकीकरणको पक्षमा रहेको बताए । तर, दुई पार्टीबीच एकता हुनु अघिका धेरै प्रक्रियाहरू पूरा हुन बाँकी रहेको भन्दै उनले भने, ‘जाडो लाग्यो भन्दैमा राति घाम लाग्दैन । त्यसैले अहिले नै तोकेको मितिमा पार्टी एकता हुन्छ भन्ने कुरामा कुनै सत्यता छैन ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ